१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

खानपत्नी बुसरा बिबीलाई निवासमै कारागार सजाय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानपत्नी बुसरा बिबीलाई घरमै कारागार सजाय काट्ने व्यवस्था गरिएको छ।

भ्रष्टाचारको आरोपमा बुधबार १४ वर्षको कारागार सजाय सुनाइएपछि इमरान खानको निवासलाई आधिकारिक रूपमा ‘उपकारागार’ घोषणा गरी  घरमै सजाय काट्ने व्यवस्था गरिएको हो।

त्यहाँको अदालतले मुस्लिम आस्था चिकित्सक बुसरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारको बिक्री गरेको आरोपमा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो।

मुलुकका गोप्य सूचना चुहाएको मुद्दामा दोषी ठहर गर्दै  पूर्वप्रधानमन्त्री खानलाई मंगलबार १० वर्षको कारागार सजाय सुनाइएको थियो। उनी अहिले रावलपिन्डीको अडियाला कारागारमा छन्।

पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानुनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र आरोप थाेपरेको आरोप लगाएको छ।

बुधबार राति खानकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको हो।

अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ। 

पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेब्रुअरी ७ मा मतदान हुँदै छ। निर्वाचनमा खानलाई निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको छ र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) माथि कारबाही गरिएको छ। 

गत वर्ष खानको पहिलो गिरफ्तारीपछि दंगा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो र तीमध्ये करिब सयजनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए।