१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रसारणलाइनको काम रोकिँदा मध्यभोटेकोसी आयोजना अलमलमा

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

१०२ मेघावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजना विद्युत् उत्पादनका लागि तयार भइसकेको छ। तर, प्रसारणलाइन बन्न नसक्दा पुसभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य तुहियो। अब कहिले सुरु हुन्छ त्यो पनि निश्चित छैन।

पावरहाउस रहेको जम्बु बाह्रबिसे नगरपालिका– ५ मा पर्छ। त्यहाँबाट वडा नम्बर ३ हुँदै ४ नम्बर वडाको बेतेमा निर्माणाधीन चार सय केभी क्षमताको सबस्टेसनमा प्रसारणलाइन पुर्‍याउन आयोजनालाई कठिन परेको हो। जसको कारण दुई सय २० केभी प्रसारणलाइनको काम अलपत्र परेको छ।

आयोजना र प्रभावित स्थानीयबीच सात महिनादेखि विवाद रहँदा प्रसारणलाइनको टावर स्थापना गर्ने काम अलपत्र परेको हो। माघ १६ गते ८० जना स्थानीय भेला भएर प्रसारणलाइनका लागि जग्गा नै नदिने भनेपछि संकट र विवाद झन् गहिरिएको छ।

आयोजनाका योजना प्रमुख सूर्यनाथ भुर्तेलले प्रसारणलाइनको काममा थप प्रगति केही नभएको बताए। ‘विवाद मिलाउन स्थानीयसँग कुराकानी चलिरहेको छ,’ उनले भने। यद्यपि, प्रसारणलाइन पर्ने प्रभावित क्षेत्रका एक सय २४ जग्गाधनीले ज्ञापनपत्र पेस गरेर स्थानीयसँग कुनै छलफल र अनुमति नलिई आफूखुसी जग्गा अधिग्रहण गर्न खोजेको आरोप लगाएका छन्।

वडा नम्बर ३ का स्थानीय बुद्धराज बस्नेत र रामकाजी खड्काले आयोजनाले जबर्जस्ती अधिग्रहण गर्न खोजेकाले जग्गा नै नदिने बताए। कसको कति जग्गा लिने र त्यसको मापदण्ड के हुने भन्ने विषयमा कुनै छलफल नगरी जग्गाधनीलाई झुक्याउन खोजिएको उनीहरूको भनाए छ।

उर्वर जमिन र बस्ती  परेकाले प्रसारणलाइन पर्ने ठाउँको जग्गाको लगत कट्टा गरी मुआब्जा दिनुपर्ने स्थानीयको माग छ। प्रसारणलाइन नबन्दा मध्यभोटेकोसीले दैनिक करोडौँ घाटा व्यहोर्नुपरेको छ। विद्युत् उत्पादनका लागि चाकुमा रहेको ड्यामबाट सुरुङमा भोटेकोसी नदीको पानी हालेर परीक्षणसमेत गरिएको छ।