Skip This
मानव मस्तिष्कमा चिप प्रत्यारोपण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १७ बुधबार
  • Saturday, 05 October, 2024
२o८o माघ १७ बुधबार १o:१९:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

मानव मस्तिष्कमा चिप प्रत्यारोपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १७ बुधबार १o:१९:oo

इलोन मस्कले मंगलबार उनको कम्पनी न्युरालिंकले एकजना बिरामी व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको घोषणा गरेका छन् । मस्कले उनकै स्वामित्वमा रहेको समाजिक सञ्जाल कम्पनी एक्समा पोस्ट गर्दै उक्त प्रात्यारोपणको प्रारम्भिक नतिजा ‘उत्साहप्रद’ रहेको जानकारी गराएका छन् । उनले सो प्रविधिको नाम मानसिक रूपमा सञ्चार गर्ने क्षमतालाई जनाउन प्रयोग गरिने अंग्रेजी शब्द ‘टेलिप्याथी’ राखिएको पनि बताएका छन् । 

‘हिजो न्युरालिंकबाट पहिलोपटक एक मानवले प्रत्यारोपण हासिल गरे । प्रत्यारोपणपछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ । प्रारम्भिक नतिजाले उनको स्नायुमा हलचल बढाएको (न्युरोन स्पाइक) देखाएकाले आशा बढाएको छ,’ मस्कले एक्समा लेखेका छन् । मस्कको स्वामित्वमा रहेको कम्पनी न्युरालिंकले बनाएको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने चिप गत वर्ष लामो प्रयासपछि अमेरिकी औषधि र उपचार पद्धतिलाई स्वीकृति दिने नियामक संस्था ‘युएस फेडरल एन्ड ड्रग्स (एफडिीए’ पास भएको थियो । 

कसरी काम गर्छ ?
मस्कले एक अलग पोस्टमा उनको कम्पनीले बनाएको उपकरण प्रत्यारोपण गरिएपछि त्यसले व्यक्तिको मस्तिष्कलाई अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरणसँग जोड्ने दाबी गरेका छन् ।‘प्रत्यारोपित उपकरणले सोचेरै तपाईंको फोन र कम्प्युटर चलाउन सकिन्छ, जुनमार्फत अन्य कुनै उपकरण चलाउन सकिन्छ । (यस उपकरणको) प्रारम्भिक प्रयोगकर्ता हातखुट्टा गुमाएका हुनेछन् । यदि स्टफिन हकिङले (उनको कम्प्युटरमा) टाइपिस्टले भन्दा छिटो आफ्नो भनाइ राख्न सक्ने अवस्था । हाम्रो लक्ष्य त्यो हो,’ उनले भने । 

प्रत्यारोपण गरिने चिप्स र त्यसमा रहेका अन्य उपकरण कपालभन्दा पातलो ‘अत्यन्त–मसिनो’ धागोजस्तो हुनेछ । न्युरालिंकका अनुसार त्यसलाई सामान्य शल्यक्रियामार्फत मस्तिष्कमा राखिसकेपछि मस्तिष्कका संकेत प्रसारण गर्न सक्छ, जसलाई विद्युतीय उपकरणलाई निर्देशन दिन प्रयोग गर्न सकिन्छ । 

कति सुरक्षित ?

न्युरालिंकले मानव मस्तिष्कमा परीक्षण अनुमति पाउनुअघि पशुहरूमा गरिएको परीक्षणमा कैयौँ जनावरमा पक्षाघात हुने, काम्ने, दिमाग सुन्निनेजस्ता समस्या देखिएको थियो । यी तथ्य लगानीकर्ताबाट लुकाएकोमा कम्पनीको पहिले आलोचना 
भएका थियो ।  यिनै विवादबीच एफडिएले यसको मानव प्रयोगलाई अनुमति दिन ढिलो गरेको थियो ।