१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दिल्लीमा चार सयभन्दा बढी गाडी जले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:o६:oo

भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन् । 

स्थानीय अग्नि सेवा विभागले जनाएअनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो । 

गाडीहरू गोदाममा राखिएको स्थानमा आगलागी हुँदा धेरै सवारीसाधनमा क्षति भएको हो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारीसाधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उलंघन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएर राखेको थियो । आगलागीको कारण भने खुलेको छैन । (रासस-सिन्ह्वा)

ad
ad