१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीका दुई आयुर्वेद औषधि पसल सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३३:oo

जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पसल सिल गरेको छ। कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आयुर्वेद औषधि पसल र उनकी श्रीमती कमला पाण्डेयले सञ्चालन गरेको सफल होमियोप्याथिक औषधि पसल सिल गरिएको हो।

स्थानीयस्तरबाट प्रशासनमा व्यापक जनगुनासो आएपछि प्रशासकीय अधिकृत नारायण घर्ती नेतृत्वको टोलीले दुई पसलहरूको छानबिन गरेको थियो। अनुगमन टोलीका अनुसार दुई पसललाई आयोर्वेद तथा होमियोप्याथिक औषधिको खुद्रा बिक्री-वितरण गर्ने अनुमति मात्रै छ।

तर, अनुमतिविना एलोपेथिक औषधिहरूसमेत बिक्री-वितरण गरेको, एक्स–रे तथा भिडियो एक्स–रे सेवा, फिजियोथेरापी र नेबुलाइजर सेवा पनि प्रवाह गरेको पाइएको छ। साथै, भर्ना गरेर स्लाइन चढाउने तथा चिकित्सकको परामर्शविना ल्याब र रेफर गर्ने गरेको पाइएको अनुगमन टोलीमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका निमित्त प्रमुख डाक्टर सुरज पाण्डेयले जानकारी दिए।

प्रशासनको टोलीले रेसुंगा नगरपालिका–९ मा रहेका गोदाम, एक्सरे मेसिन, भिडियो एक्सरे र फिजियोथेरापी कक्षमा चाबी लगाएर सिल गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनगुनासोपछि पुगेको अनुगमन टोलीले कानुनविपरीतका काम देखेपछि पसलहरूमा सिल गरेको बताए। उनले अहिले पसल सिल मात्रै गरेकाले विज्ञहरूमार्फत अनुसन्धान गरेर कारबाही अगाडि बढाउने बताए।

ad
ad