१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस टोकियो
२०८० माघ १५ सोमबार १४:५८:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानी चन्द्रयान स्लिमको सौर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो

Read Time : > 1 मिनेट
रासस, टोकियो
२०८० माघ १५ सोमबार १४:५८:००

चन्द्रमामा अवतरण गरेको जापानको यानको सौर्य प्यानलले काम गर्न सुरु गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले जनाएको छ।

स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मुन (स्लिम)ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न सुरु गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ।

जाक्साले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, ‘हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौँ र अनुसन्धान कार्यहरूलाई फेरि सुरु गरेका छौँ।’

‘हामीले तत्काल एमबिसीसँग वैज्ञानिक अवलोकन सुरु गर्‍याैँ र १०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौँ,’ ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।

स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत संघ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्ने पाँचौँ राष्ट्र बनेको छ।

२० मिनेटको सन्त्रास’ फैलाएको उक्त यानको इन्जिनमा समस्या आएको र यो निकै खराब कोणमा टुंगिएको जाक्साले सार्वजनिक गरेको तस्बिरले देखाएको छ। यसको मतलब सौर्य प्यानलहरू सीधा माथि हुनुको सट्टा पश्चिमतर्फ ढल्केको कारण सौर्य प्यानलबाट हुने इन्धन आपूर्ति प्रणालीमा अवरोध आएको थियो। सौर्य प्यानलले काम गरेसँगै उनीहरूले अझै पनि काम गर्न पर्याप्त सूर्यको प्रकाश पाउनेछन्।

जाक्साले गत हप्ता स्लिमलाई १२ प्रतिशत इनर्जी बाँकी रहेको अवस्थामा स्विच अफ गरेको बताएको थियो। जाक्साका प्रवक्ताले सोमबार एएफपीलाई बताएअनुसार सम्भवतः स्लिमको सौर्य ब्याट्रीमा सूर्यको प्रकाश आपूर्ति भएसँगै यानलाई आवश्यक बिजुली उत्पादन सुरु भएको छ र अनुसन्धान अभियान पुनः सुरु भएको छ।

‘हामी स्लिमको स्थिति समायोजन गर्नुको सट्टा अब हामी अवलोकन र जानकारी संकलन के गर्न सक्छौँ त्यसलाई प्राथमिकता दिनेछौँ। किनकि प्यानलको अवस्थालाई चलाउँदा अभियानमा समस्या हुन सक्छ,’ उनले भने, ‘स्लिम रहेको स्थान अर्थात् चन्द्रमामा जनवरीको अन्त्यसम्म दिनको समय रहनेछ र सौर्य प्रणालीलाई सहयोग पुग्नेछ। तर, १४ दिनपछि अर्थात् फेब्रुअरीको सुरुसँगै चन्द्रमामा रात हुनेछ।’