१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सीमामा गरिब जनतालाई अनावश्यक दुःख नदिन आयोगद्वारा सशस्त्र प्रहरीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:४१:oo

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले सशस्त्र प्रहरीलाई तराई–मधेशसँग जोडिएका नेपाल–भारत सीमामा देखापरेका विभिन्न समस्याबारे सचेत गराएका छन्।

उनले लागुऔषध ओसारपसार, मानव तस्करी, चेलिबेटी बेचबिखनजस्ता समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै संवेदनशील भई काम गर्न सशस्त्र प्रहरीलाई सचेत गराएका हुन्।

अध्यक्ष दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सीमामा देखापरेका समस्यासँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको हुँदा त्यस्ता समस्याको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको बताए।

सो भेटघाटमा उनले गरिब जनताले भारत वा सीमामा  सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई अनावश्यक दुःख नदिन पनि महानिरीक्षक अर्याललाई निर्देशन दिए।

सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउनसमेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष दत्तले बताए।

भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँहरूमा युवा सशक्तीकरणका लागि सीपमूलक तथा सचेतनामूलक कक्षा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। 

ad
ad