मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उद्घाटनपछि अझै जारी छ धरहरा पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको पाँचैपटक म्याद थपको प्रक्रिया अघि बढेको छ। पछिल्लोपटक थपिएको म्याद पुस मसान्तमा सकिएसँगै निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले म्याद थपको प्रक्रिया अघि बढाएको हो।

पुनर्निर्माण कार्य नसकिँदै २०७८ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले धरहराको उद्घाटन गरेका थिए। उद्घाटनको झन्डै तीन वर्ष पुग्न लाग्दा धरहरा निर्माणमा अझै १० प्रतिशत काम बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ।

हाल बगैँचा निर्माणका लागि फूल–बिरुवा रोप्ने, झिलिमिलीका लागि बत्तीको काम, धरहरापरिसरमा रहेको मेटलमा सिसा हाल्नेलगायतका काम भइरहेका छन्।

तस्बिरहरू :