१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धुर्कोट गाउँपालिकाले सञ्चालनमा ल्यायो १५ शय्याको आधारभूत अस्पताल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

गुल्मीको धुर्कोट गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गरेका हुन्।

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक सबै प्रबन्ध गरेपछि सेवा प्रारम्भ गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए। गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणको सम्झौता गरे पनि सोचेअनुसार काम नभएकाले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नै सेवा विस्तार गरेको पोख्रेलको भनाइ छ।

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतसहितका जनशक्ति पहिलेदेखि नै छन्। ओपिडी, एक्स–रे, ल्याब, माइनर अप्रेसन, स्वास्थ्य बिमासहित २४सै घन्टा इमर्जेन्सी सेवा, बर्थिङ तथा एम्बुलेन्स सेवा प्रदान हुने धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए।

धुर्कोट गाउँपालिकामा अब आधारभूत अस्पतालसहित ६ स्वास्थ्य चौकी, दुई सामुदायिक स्वास्थ्य एकाइ र दुई आयुर्वेद औषधालय रहेका छन्।