१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
प्रतिकात्मक तस्बिर
२o८१ बैशाख २१ शुक्रबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने हवाई उडान अवरुद्ध

नेपालगन्जमा शनिबार सवैभन्दा कम तापक्रम मापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४५:oo

नेपालगन्जबाट हुने हवाई उडान प्रभावित भएको छ। अत्याधिक हुस्सुले भिजिबिलिटी निकै कम भएपछि नेपालगन्जबाट हुने कुनै पनि उडान हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले बताए।

उनले नेपालगन्जबाट हुने उडान र बाहिरको जहाज अवतरण पनि नभएको बताए। ‘बाक्लो हुस्सु र कुहिलोले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नभएका कारण नेपालगन्जबाट हुने कुनै पनि उडान र अवतरण शनिबार हुन सकेन,’ उनले भने।

नेपालगन्जबाट बुद्ध, यती, श्री, गोमालगायतका कम्पनीले उडान भर्दै आएका छन्। यहाँबाट काठमाडौं, पोखरासँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी जिल्लामा हवाई उडान हुने गरेको छ।

शनिबार नेपालगन्ज विमानस्थल आसपासको भिजिबिलिटी अधिकतम आठ सय मिटर र न्यूनतम तीन सय मिटर रहेको थियो। उपकरण उडान विधिका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने नेपालगन्ज विमानस्थलका प्रमुख खनालले बताए। ‘शनिबार भिजिबिलिटी एक हजार मिटरभन्दा बढ्न सकेन। आवश्यक भिजिबिलिटी नभएपछि हवाई उडान र अवतरण हुन सकेन,’ उनले भने।

मध्य माघ लाग्दासमेत बाँकेमा चिसो घट्नुको साटो झन् बढेपछि जनजीवन थप कष्टकर बनेको छ। शनिबार नेपालगन्जमा वर्षकै कम तापक्रम मापन गरिएको छ। आज न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ११.३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका प्रमुख मीना सिवाकोटीले जानकारी दिइन्।

उनका अनुसार शुक्रबार नेपालगन्जको न्यूनतम तापक्रम ८.८ र अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस रहेको थियो। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएका कारण नेपालगन्जको तापक्रम घटेको उनले बताइन्।

ad
ad