१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले क्षति गरेको कुकुर फाल्ना साना जलविद्युत दुई वर्षदेखि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

२०७८ कात्तिकमा पहिरोले कुकुर फाल्ना साना जलविद्युत् आयोजना क्षतविक्षत बनाएपछि हुम्लाको अदानचुली गाउँपालिकाका नागरिक अन्धकारमा बस्न बाध्य छन्।

१३० किलोवाटको साना जलविद्युत आयोजनामा पहिरोले क्षति पुर्‍याएपछि दुई वर्षदेखि काम सुरु हुन सकेको छैन। आयोजना सञ्चालनमा नआउँदा झन्डै २ हजार घरधुरी अन्धकारमा बस्न बाध्य भएकाे अदानचुली गाउँपालिका– ५ का खडकबहादुर शाहीले बताए।

लौठी, काँखे, करगाई, पाल्स, बारिगाउँ, लमही, बिगोठी, रिल्म, गोरपाली, ढकानीकुनालगायतका गाउँ विद्युत् सेवाबाट वञ्चित छ। विद्युत् अवरुद्ध भएपछि दियालो बालेर काम चलाउँदै आएको अदानचुली– ५ की प्याउका रोकायाले बताइन्।

०६६ साल काम सुरु भएर ०६९ सालमा निर्माण सम्पन्न भएसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना स्थानीयलाई हस्तान्तरण गरेको थियो। तीन करोड १८ लाखको लागतमा बनेको आयोजना अवरुद्ध भएको दुई वर्ष बिते पनि स्थानीय सरकारले समेत यस विषयमा कुनै चासो नदिएको स्थानीय हस्त शाहीले बताए।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आयोजनाका लागि एक करोड बजेट विनियोजन गरेका थिए। तर, कडा चट्टान भएकाले एक हजार ४२० मिटर नहर बनाएपछि समस्या भएको उनको भनाइ छ।