मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिराहाको लहानमा मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विस्तारसँगै औद्योगिक तथा व्यापारिक गतिविधि बढाउने उद्देश्यले सिराहाको लहानमा आगामी २९ चैतदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव हुने भएको छ । 

लहानस्थित जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा लहान नगरपालिकाको संरक्षकत्वमा स्थानीय पशुपति आदर्श माविको प्रांगणमा ९ वैशाखसम्म हुने ११ दिने महोत्सव अवधिमा करिब दुई लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १५ करोड रुपैयाँको कारोबार हुन सक्ने बिहीबार संघमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । संघका जिल्ला अध्यक्ष विकास शारदाले महोत्सवमा भारत, पाकिस्तान, बंगलादेशका प्रदर्शकहरूको समेत सहभागिता रहने जानकारी दिए। 

पत्रकार सम्मेलनमा लहान एक्स्पोका कार्यक्रम संयोजक अशोक अमात्यले महोत्सवमा नेपालसहित छिमेकी देशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्तालाई एउटै मञ्चमा ल्याएर वस्तु तथा सेवाको प्रदर्शन र बिक्री गरिने बताए । ‘एउटै छानामुनि विभिन्न वस्तु तथा सेवाको अवलोकन तथा बिक्रीका लागि महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री कक्ष राखिनेछ,’ उनले भने, ‘त्यसका अतिरिक्त निर्माण सामग्री, कृषि तथा जडीबुटी, स्थानीय पर्यटन तथा दैनिक उपभोग्य वस्तुहरू, हस्तकला, तयारी पोसाक, जुत्ता चप्पल प्रदर्शनी कक्ष रहनेछ।’ 

महोत्सवका लागि घरेलु, साना तथा मझौला, ठूला उद्योगका अतिरिक्त विदेशी उत्पादन, पहाडी जिल्लाका खनिज, कृषिजन्य तथा अन्य उत्पादनका लागि अक्टानोर्म तथा डोम प्रविधिमा एक सय ५० वटा विशष्टि खालका स्टलहरू निर्माण गरिने आयोजक समितिले जनाएको छ । समितिका अनुसार आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थ व्यवस्थालाई थोरै भए पनि महोत्सवले चलायमान बनाउन सघाउनेछ ।