Skip This
विष्णु सापकोटाको राजनीतिक यात्रा : नेविसंघदेखि राष्ट्रिय सभासम्म
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १२ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o माघ १२ शुक्रबार o९:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विष्णु सापकोटाको राजनीतिक यात्रा : नेविसंघदेखि राष्ट्रिय सभासम्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १२ शुक्रबार o९:१५:oo

गुल्मेली महिला नेतृ विष्णुकुमारी सापकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसले सापकोटालाई लामो रस्साकस्सीपछि राष्ट्रिय सभाको उम्मेदवार बनाएको हाे ।  गुटको किचलोका कारण सत्तागठबन्धनको ठूलो दल कांग्रेसलाई उम्मेदवार छान्न निकै सकस भएकै वेला सापकोटा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेपछि कांग्रेसका नेता तथा कार्यकर्ता र गुल्मेलीहरूमा खुसियाली छाएको थियो । 

सापकोटा उम्मेदवार भएपछि कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वको निर्णय उचित, शोभनीय, राजनीतिक र न्यायपूर्ण भएको बताएका थिए । ‘विष्णु दिदी राष्ट्रिय सभा उम्मेदवार बन्नु भएको खबरले निकै हर्षित बनाएकाे थियाे । पार्टी नेतृत्वको निर्णय उचित, शोभनीय, राजनीतिक र न्यायपूर्ण छ,’ उनले भने, ‘कर्मले स्थान पायो गौरवान्वित छौँ, निर्वाचित भएपछि झन् खुसी थपिएको छ ।’

राजनीतिक यात्रा
विष्णु सापकोटा मुसिकोट नगरपालिका– ८ मा २०२३ साल असार १० गते जन्मिएकी हुन् । उनले शारदा विद्या मन्दिर माविमै कक्षा चार–पाँचबाट नै जुनियर रेडक्रस सर्कलहरूमा आबद्ध भएर नेतृत्वको विकास गरिन् । 

सापकोटाले महेन्द्र आदर्श माविबाट औपचारिक रूपमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरिन् । पिके क्याम्पसमा नेविसंघ सदस्य, पाटन संयुक्त क्याम्पसको इकाइ सभापति हुँदै ०५५ सालमा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा सापकोटा निर्वाचित भइन् ।

त्यस्तै, उनी ०५८ सालमा नेपाल विद्यार्थी संघको छात्रा विभागअन्तर्गत केन्द्रीय सदस्य भएपछि केही समयपछि गृहजिल्लाको राजनीतिमा फर्किन् । ०६३ देखि ०७४ सालसम्म महिलासंघको सभापति बनेकी सापकोटा ०७४ सालको १३औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सचिव बनेकी थिइन् ।

सापकोटा १४औँ महाधिवेशनबाट अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यसम्पादन समिति सदस्य रहेकी छिन् । उनी ०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखको उम्मेदवारसमेत रहेकी थिइन् । नेकपा एमालेकी महिला नेतृ कमला शर्मा र सापकोटाबीचको प्रतिस्पर्धामा सापकोटा पराजित भएकी थिइन् । 

सरल जीवनशैली भएकी नेतृ

सापकोटा सरल जीवनशैली भएकी नेतृ हुन् । राजनीतिबाहेक सामाजिक कर्महरूमा समेत सक्रिय सापकोटाले आफूलाई पार्टीले दिएको अवसरलाई राष्ट्रिय हितमा उपयोग गर्ने बताइन् । उनले आफू सधैँ पार्टी जिम्मेवारीमा रहेर अवसरभन्दा पनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा रहेकाले राष्ट्रिय सभामा पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

‘मेरो खुसी नै सबै नेता–कार्यकर्ताको खुसी हो । मलाई अवसर दिने नेतृत्वप्रति आभारी छु,’ उनले भनिन्, ‘राष्ट्रिय नेता बनेर राष्ट्र एवं प्रजातन्त्र र लोकतन्त्रको पक्षमा काम गर्ने प्रण गर्दछु ।’