१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शान्ता कमली काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे

Read Time : < 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२९:oo

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे गरिएको छ । बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडकमध्ये सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ । 

स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग जुटाएर लमजुङवासीले ०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेका थिए । हालसम्म ८५ प्रतिशत सडक स्तरोन्नतिको काम सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका इन्जिनियर किरण पोखरेलले बताए । तत्कालीन नेपाली सेनाले ०६९ मा सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

 उक्त सडकमा  ०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो । असार ०८० मा कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने भए पनि काम पूरा नभएपछि म्याद थप गरिएको इन्जिनियर पोखरेलको भनाइ छ । आशिष–अनेस्ट जेभी कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रेका लागि २२ वैशाख ०७८ मा २५ करोड ३२ लाख १३ हजारमा कालोपत्रे गर्ने सम्झौता गरेको थियो । बेँसीसहरदेखि ६५ किलोमिटर दूरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्छ भने मनाङमा ३० किलोमिटर रहेको छ ।

हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खांसारसम्म सडक सञ्जाल पु¥याइएको आयोजनाले जनाएको छ । ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको थियो । पर्यटकीय क्षेत्रका रूपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवत–जावत गर्छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोरांला भञ्ज्याङको पाँच हजार चार सय १६ मिटर उचाइबाट कटेर मुस्ताङ निस्कने गरिन्छ ।

ad
ad