मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Thursday, 13 August, 2026
२o८o माघ ११ बिहीबार १८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार १८:२३:oo

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। ‘महिला’ क्लस्टरतर्फ माओवादी केन्द्रकी रेणु चन्द, अपांगतामा नेपाली कांग्रेसका नारायणदत्त भट्ट र ‘अन्य’ क्लस्टरमा कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन्।

‘महिला’तर्फ माओवादी केन्द्रकी चन्द चार हजार चार सय ५३ मतभार पाएर विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रीदेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाइन्। 

अपांगता क्लस्टरबाट निर्वाचित नेपाली कांग्रेसका भट्टले चार हजार चार सय १९ मतभार पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रामचन्द्र जोशीले एक हजार पाँच सय १७ मतभार पाएका छन्।

यसैगरी, ‘अन्य’ समूहबाट निर्वाचित कांग्रेसका बोहराले चार हजार तीन सय २८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका ईश्वरप्रसाद खरेलले एक हजार ६ सय ९६ मतभार पाएका छन्।