Skip This
दादुरा–रुबेलाविरुद्धको खोप फागुन दोस्रो सातादेखि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Tuesday, 16 September, 2025
रासस काठमाडौं
२o८o माघ ११ बिहीबार १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दादुरा–रुबेलाविरुद्धको खोप फागुन दोस्रो सातादेखि

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार १६:२९:oo

सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन लागेको हो। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइनेछ।

‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइनेछ,’ प्रमुख डा. गौतमले भने। जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो। फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए। 

दादुरा–रुबेला सबैभन्दा बढी संक्रमक रोग हो। एक व्यक्तिले १८ जनासम्मलाई यो रोग सार्न सक्छ। ‘दादुरा–रुबेला बढी संक्रामक हुन्छ,’ खोप शाखा प्रमुख डा. गौतमले भने, ‘त्यसैले यस वर्ष देशभरि नै खोप अभियान सञ्चालन गर्न थालेका छौँ।’