१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्यालेक्सी एस–२४ सिरिजमा एनसेल र सामसङबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस–२४ सिरिजका स्मार्ट फोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत एस–२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो पाँच सयजना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउने बताइएको छ । 

सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस–२४ सिरिजका स्मार्ट फोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउनेछन् ।माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याब्लेटलगायतका आकर्षक उपहारसमेत पाउने सामसङ नेपालले जनाएको छ ।

‘ग्यालेक्सी एस–२४ सिरिज विशेष छ, किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बर प्रदान गर्दै छौँ,’ सम्झौतापछि एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावना पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौँ ।’

सामसङको ग्यालेक्सी एस–२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधा, एआई लाइभ ट्रान्सलेट, प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्टजस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधा प्रदान गर्ने बताइएको छ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने र डिभाइस टाइटेनियमबाट बनेकाले बलियो पनि हुने कम्पनीको दाबी छ । एस–२४ सिरिजमा ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेस रहेका छन् ।