१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिनको मुख्य विधामा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

विश्वको प्रतिष्ठित मानिने बर्लिन फिल्म फेस्टिभलमा मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ छानिएको छ। बर्लिनको ७४औँ संस्करण मुख्य  प्रतिस्पर्धाअन्तर्गत यो फिल्म छानिएको  हो। 

बर्लिनको अन्तर्राष्ट्रिय फिल्मको विधामा पहिलोपटक नेपाली  फिल्म छानिएको हो। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासातिर हराएका श्रीमान् खोज्दाको कथा समेटिएको छ।

निर्देशक भाम र अविनाशविक्रम शाह मिलेर लेखेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ।  ‘साम्बाला’ तिब्बती र नेपाली भाषामा निर्माण भएको छ।

नेपालसहित  फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा बनेको यो फिल्मको बजेट ९ लाख ८० हजार युरो छ। निर्देशक भाम यो फिल्ममा विश्वका विभिन्न चर्चित ल्याबबाट करोडौँको अनुदान (फन्ड)समेत पाएको थियो।

भाम निर्देशित छोटो फिल्म ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिसमा छानिएको थियो भने फिचर फिल्म ‘कालोपोथी’ले त भेनिस क्रिटिक्स विकतर्फ ‘फेडेरा उत्कृष्ट फिल्म अवार्ड’ जितेको थियो।

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय छ।