१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
युक्रेनी आक्रमणपछिको बजार । तस्बिर : राेयटर्स
रासस मस्को
Invalid date format १६:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

डोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
Invalid date format १६:२१:oo

युक्रेनी सेनाले आइतबार डोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

युक्रेनी पक्षबाट एक सय ५२ एमएम क्यालिबर र एक सय ५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा भिडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले डोनेट्स्कका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै  जनाएको छ। घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ। जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यस घटनाबारे छलफल गरिने घोषणा गरेको छ। रसियाली विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका कार्यक्रमहरूमा पनि यो मुद्दा उठाउने योजना बनाएको छ, जहाँ रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुनेछन्।