१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २२ शनिबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि सम्झौता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o९:oo

कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालहरूसँग सम्झौता गरेको छ। मुख्यमन्त्री केदार कार्कीको पहलमा प्रदेशभरिका १० वर्षमुनिका विपन्न बालबालिकाको निःशुल्क उपचारको थालनी भएको हो।

यसका लागि प्रदेश सरकारले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग  सम्झौता गरेको छ।

आइतबार निजी अस्पतालहरूसँग सम्झौता गरेपछि मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको प्रदेशमा अन्त्य भएको बताए। कोशी प्रदेशमा पाँच वर्षमुनिका प्रत्येक एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

ad
ad