१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १५:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेसँग एक्लै चुनाव लड्ने सामर्थ्य कुनै दलसँग छैन : राजेन्द्र गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:३२:oo

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेसँग एक्लै चुनाव लड्ने सामर्थ्य नेपालका कुनै पनि दलसँग नभएको बताएका छन्।

ओखलढुंगामा आयोजित प्रचार कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका गौतमले एमालेसँग कुनै एक दलले नसकेर सबै दल मिलेर गठबन्धन गरेको बताए।

एमालेको छायासँग गठबन्धन दलहरू डराएको टिप्पणी गर्दै उनले आमनिर्वाचनदेखि वन र विद्यालय व्यवस्थापन समितिका चुनावमा समेत एमालेसँग एक्लै नसकेर गठबन्धन गरेको बताए। ‘अहिलेको गठबन्धन नेकपा एमालेको छाया देख्दा पनि तर्सिन्छ। ठूलाठूला निर्वाचनमा मात्रै होइन, गाउँटोलका वन समिति र विद्यालयका चुनावमा पनि एमालेसँग भिड्न सबै मिलेर आउँछन् र पनि एमालेले धेरै ठाउँ जितेकै छ,’ उनले भने।

वर्तमान गठबन्धन सरकारले जनतालाई आशा र देशलाई विकास दिन नसकेको आरोप लगाउँदै गौतमले सत्तामा नहुँदा पनि जनताले एमालेमाथि भरोसा राखेको दाबी गरे।

ad
ad