मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआरएनले गर्‍यो ६ करोड ६६ लाखबराबरको सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत अध्यक्षमा डा. बद्री केसीसहितको नयाँ कार्यसमितिले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीबीच विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएका छन् ।

गैरआवासीय नेपाल संघ (एनआरएन)को नयाँ नेतृत्वले नेपालका विभिन्न क्षेत्रमा ९० दिनमा करिब ६ करोड ६५ लाख ९१ हजार रुपैयाँबराबरको आर्थिक सहयोग गरेको जनाएको छ । नोभेम्बरमा डा. बद्री केसीको अध्यक्षतमा बनेको नयाँ कार्यसमितिले यसबीचमा मोबाइल ब्लडबस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम–पश्चिममा भूकम्पपीडितको सहयोग, खेल क्षेत्रलगायतमा आर्थिक सहयोग गरेको हो ।  

गैरआवासीय नेपाली संघले कोशी प्रदेशको धरानमा, मधेश प्रदेशको जनकपुरमा मोबाइल ब्लडबस हस्तान्तरण गरेको छ । गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लडबस हस्तान्तरण गरिएको संघले जनाएको छ । आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा पनि मोबाइल ब्लडबस हस्तान्तरण गर्ने तयारी गरिएको छ ।  

 नोभेम्बरमा गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिममा पनि स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्रालाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै करिब एक करोड २४ लाख ६८ हजारबराबरको भौतिक तथा आर्थिक सहयोग गरेको संघले जनाएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।  

यसैबीच, टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीको सहयोगका लागि १० लाख रुपैयाँ क्यानलाई हस्तान्तरण गरेको छ । त्यस्तै, नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगितामा दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि सात लाख ५० हजार, एनआरएनए इलाम गोल्डकपका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको एनआरएनले जनाएको छ ।  

वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार हस्तान्तरण गरिएको छ । यस्तै, कञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय निर्माणका लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । सडक बालबालिकाको शिक्षा तथा बसोवासको सहयोगार्थ युसेफ नेपाल, भक्तपुरमार्फत सात लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।