१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

क्रिकेट संघलाई एनआरएनएको १० लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन्। 

क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएनएनले सम्मान गरेको थियो।

एनआरएनएका सचिव पारसमणि पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए।

समारोहमा एनआरएनएका अध्यक्ष बद्री केसीसहित पदाधिकारीले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानमार्फत हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन्।

कार्यक्रममा बोल्दै क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता रहेको बताए। ‘क्रिकेटका गतिविधिहरूमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ,’ उनले भने।

नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको भन्दै खड्काले यो कुरालाई एनआरएनले बलियो बनाइदिएको बताए। ‘यो सहकार्यले विदेशमा हुर्किरहेको नयाँ पुस्ताले नेपालको प्रतिनिधित्व गर्नेछ,’ उनले भने। 

विनालगानी वा थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको भन्दै उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको जानकारी गराए। अब राष्ट्रिय क्रिकेट मात्र नभई जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो।