मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेम संघ गुल्मीको ११औँ सम्मेलन माघ २६ र २७ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

नेकपा एमालेनिकट महिलाहरूको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ जिल्ला अधिवेशन आगामी माघ २६ र २७ गते तम्घासमा हुने भएको छ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजनासमेत निर्माण गरेको छ।

अधिवेशनको लागि माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय भेलाले गरेको छ। प्रचारप्रसार उपसमिति संयोजक सावित्रा खड्काका अनुसार माघ २० गते १२ वटै पालिका र वडामा प्रतिनिधि छनोट हुनेछन्। 

बैठकले अधिवेशन व्यवस्थापनको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। प्रतिवेदन लेखन उपसमितिको संयोजकमा कार्यबाहक अध्यक्ष सपना पन्थी, आर्थिक परिचालन उपसमिति संयाेजकमा कोषाध्यक्ष लक्ष्मी पन्त, आवास तथा भोजन उपसमितिमा रिता बराल तथा प्रतिनिधि व्यवस्थापन उपसमितिमा सपना पन्थी र विष्णु विक संयाेजक ताेकिएका छन्।

यसैगरी, मञ्च/हल व्यवस्थापनमा शान्ता पोख्रेल, सांस्कृतिक कार्यक्रम उपसमितिमा अन्जु कँडेल, स्वयंसेवक परिचालन उपसमितिमा विमला केसी, आर्थिक प्रतिवेदन उपसमितिमा लक्ष्मी पन्त र प्रचारप्रसार उपसमितिमा सावित्रा खड्काले संयोजनकाे जिम्मेवारी पाएका छन्।