१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अपांगता भएकाहरूलाई समावेशी ढंगबाट शिक्षामा जोड्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २३:o३:oo

अपांगता भएकाहरूलाई समावेशी ढंगबाट शिक्षामा जोड्ने कार्ययोजना तयार गर्न भरतपुरमा गोष्ठी सम्पन्न भएको छ । सातवटा प्रदेशबाटै राष्ट्रिय अपांग महासंघमा आबद्ध भएका संस्थाका प्रतिनिधिहरूलाई सहभागी गराएर अटिजम केयर चितवन सोसाइटीले दोस्रोपटक भरतपुरमा कार्यशाला आयोजना गरेको थियो । 

बिहीबार र शुक्रबार संचालन भएको गोष्ठीमा गत साल पुसमा सम्पन्न पहिलो कार्यशालको प्रगति समीक्षासहित नयाँ योजना निर्माण गरिएको हो । ४० बढी अपांगता भएका व्यक्तिहरूको सहभागी गोष्ठीलाई अपांगता भएकाहरू लागि काम गर्दै आएका विज्ञ मनीष प्रसाईंले सहजिकरण गरेका थिए । 

नेपालमा अपांगता भएका व्यक्तिको शिक्षाको इतिहास र वर्तमान, समावेशी शिक्षाको अवधारण, सिद्धान्तसहित अहिलेका समस्याहरूसहित अहिले भएका कानुनी व्यवस्था र त्यसको कार्यान्वयनमा भूमिकाका विषयमा प्रसाईंले सहजीकरण गरेका हुन् । 

कार्यशालाले अपांगता भएका व्यक्तिहरूका लागि स्थानीय, प्रदेश र संघीय सरकारसहित यस क्षेत्रमा कार्यरत संस्थाहरूले के गर्ने  र के–के आवश्यक हो भन्ने विषयमा छलफल भएको थियो । 

सहभागीहरूले राज्यको ध्यान अपांगताको क्षेत्रमा कमजोर भएको भन्दै  शिक्षालाई अनिवार्य गर्न परीक्षा प्रणाली अपांगता मैत्री  र पहुँचयुक्त बनाउन पैरवी गर्न एकबद्ध भएका छन् । 

कार्यशालाले अपांगता भएका व्यक्तिहरूको विद्यालय भर्ना, भौतिक संरचना, सूचना तथा सञ्चार, समावेशी सिकाइ विधि र उपकरणलगायतका विषयमा योजना बनेको समावेशी शिक्षा परियोजनाका संयोजक सुमन पौडेलले बताए । 

कार्यशालालाई हेन्डिक्याप इन्टरनेसनल र युके एडले सहयोग गरेका थिए । अटिजम केयर चितवन सोसाइटीले भरतपुर र कालिकामा समावेशी शिक्षा परियोजना सञ्चालन गरेको छ । 

जसअन्तर्गत बालबालिकाको कार्यगत सीमिततालाई प्रमाणित गर्न स्वास्थ्य शिविर, कार्यशाला गोष्ठी, गुनासो सुन्ने र पढाउने शिक्षकलाई तालिम, समाजका विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया, शैक्षिक सामाग्री सहयोगलगायतका कार्यक्रम नियमित गर्दै आएको छ । 

ad
ad