१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

६ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:१६:oo

१२ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ।

जर्मनीको मूलबर्ग कम्पनीले पहिलो खेपमा ६ लाख कार्ड ल्याएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।

गत वर्ष मूलबर्गसँग विभागले १२ लाख कार्ड छपाइका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार बाँकी ६ लाख कार्ड पनि ४५ दिनभित्र नेपाल आइपुग्ने बताइएको छ।

६ लाख प्रति कार्ड नेपाल भित्रिएसँगै अब लाइसेन्स वितरण सहज हुने अपेक्षा गरिएको छ।

ad
ad