१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको संख्या पुनः थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ। पछिल्लोपटक १२ हजारभन्दा बढी लाभग्राही थपिएका छन्। 

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्यांक पठाएपछि लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको संख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनर्निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। 

प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उनले बताए। 

अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म रु. दुई अर्ब २६ करोड निकासा गरिसकेको छ। उनीहरूको अस्थायी आवासका लागि रु. चार अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो। सो आधारमा अझै रकम आवश्यक देखिएको छ। 

केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपत् व्यवस्थापन समितिबाट स्थानीय तहको विपत् व्यवस्थापन समितिमा रु. एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा रु. एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

उनका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ। त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताए। उनका अनुसार अहिले १० हजार घर निर्माण जारी छ। 

बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा छ। जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुने गरी भूकम्प गएको थियो।