१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बिरुवा राम्ररी हुर्काउन यसरी गर्नुपर्छ माटोको व्यवस्थापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४८:oo

जाडोमा अधिकांश बिरुवा निष्क्रिय हुन्छन् । त्यसैले यसको सुरक्षाका लागि ख्याल गर्नुपर्छ । ६ महिनामा रुख–बिरुवाहरूको काँटछाँट गर्नुपर्ने हुन्छ । त्यस्तै, बिरुवामा जाडो महिनामा बोडोपेस्ट (कीटनाशक औषधि) हाल्नुपर्छ । यस सिजनमा पानी कम हाल्दा हुन्छ । आवश्यकताअनुसार हप्तामा एकचोटि हाल्दा पनि हुन्छ । तर, तापक्रमको कमीका कारण माटोमा पोषक तत्व कम हुने भएकाले १५–१५ दिनमा मल–खाद हाल्नुपर्छ । गमलामा रोपिएका बिरुवाहरूमध्ये जाडो सहन नसक्ने बिरुवाहरूलाई प्रकाश पर्ने ठाउँमा सार्न सकिन्छ । 

जब माटोको तापक्रम सात डिग्री सेन्टिग्रेडभन्दा तल झर्छ तब माटोभित्र पाइने विभिन्न सूक्ष्मजीवमा नकारात्मक असर पर्छ । अत्यधिक चिसोका कारण माटोभित्र माइक्रोबियल एक्टिभिटी कम हुन्छ र यसले माटोको उब्जाउ क्षमतामा पनि कमी ल्याउँछ । 

त्यसैले जाडोको सिजनमा बिरुवा लगाउन पहिले माटोको अवस्था सुधार्न जरुरी छ । बगैँचामा झारपात उम्रिएका छन् भने त्यसलाई निकाल्नुपर्छ । किनकि, यस्ता झारपातले माटोको पोषक तत्व खिचिरहेका हुन्छन् । जसकारण, मुख्य बिरुवालाई पोषणको कमी हुन्छ । माटोको उत्पादकत्व पनि घट्छ । 

गोडमेल गर्दा मुनिको माटो माथि आउँछ । माटोमा हावाको सञ्चार राम्रो हुन्छ र बिरुवाको जरा राम्रोसँग हुर्कन पाउँछन् । बिरुवामा रोग लाग्ने खतरा पनि कम हुन्छ ।

माटोलाई सुधार गर्न मुख्य बिरुवासँग केही कभर कर्प लगाउन सकिन्छ । मुला, केराउ, रायो आदिलाई कभर कर्पका रूपमा लिइन्छ । यस्ता बिरुवाहरूले माटोलाई नरम बनाउँछन् । झारपातलाई उम्रन दिँदैनन् र उब्जाउ बढाउन सहयोग गर्छन् । 

जाडोमा माटोको उत्पादकत्व बढाउन त्यसमा (गोबर खाद, कम्पोस्ट खाद आदि) विभिन्न मल मिसाउनुपर्छ । यसको प्रयोगले माटो नरम हुन्छ र पोषण सोस्ने क्षमता पनि बढ्छ । बिरुवालाई राम्ररी हुर्कनका लागि मुख्य रूपमा नाइट्रोजन, पोटासियम र फोस्फोरस आवश्यक पर्छ ।

ad
ad