१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दक्ष जनशक्ति पलायन रोक्न उनीहरूको आकांक्षा सम्बोधन गरिनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले दक्ष जनशक्ति पलायन रोक्न उनीहरूको इच्छा–आकांक्षालाई सम्बोधन गरिनुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले बिहीबार पोखरामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै श्रेष्ठले मासिक ५० हजारदेखि तीन लाख रुयैयाँसम्म तलब खानेहरूले देश छाडिरहेको भन्दै हाल प्रत्येक मानिसमा विदेश जानुपर्छ भन्ने मनोवृत्ति बढ्दै गएको र चाहेर पनि यसलाई रोक्न नसकिएको बताए । दक्ष जनशक्ति पलायन रोक्ने हो भने उनीहरूको इच्छा–आकांक्षालाई सम्बोधन गरिनुपर्ने भनाइ राख्दै श्रेष्ठले विदेश जानेहरूलाई गाली गरेर र उपदेश दिएर यो समस्या समाधान नहुने बताए ।

विशेषगरी युवा पलायन रोक्न आर्थिक वृद्धिसँगै रोजगारी सिर्जना हुनुपर्ने भन्दै श्रेष्ठले निजी क्षेत्र दक्ष जनशक्ति पलायनप्रति गम्भीर रहेको र यसलाई रोक्न सरकारसँग हातेमाले गरी अघि बढ्न चाहेको बताएका थिए । फरक प्रसंगमा श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि भारतीय सीमानाकामा रहेका धनगढीदेखि भद्रपुरसम्मका आठवटा सहरमा तत्काल उडान थाल्नुपर्नेमा जोड दिए । सीमानाकामा दैनिक उडान गर्न सके भारतीय पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो । सँगै एयरपोर्टको शुल्क घटाउनेदेखि पोखरामा पर्यटन व्यवसायीले केही अवधिका लागि होटेलमा भारी छुट दिनुपर्ने सुझाव उनको थियो ।

अर्को प्रसंगमा श्रेष्ठले अर्थतन्त्रका सूचक सकारात्मक भएको सरकारले बताइरहे पनि माग घट्दा उत्पादन बढ्न नसकेको र सिंगो निजी क्षेत्र उदासीन बनेको बताए । ‘हिजो अर्थतन्त्रलाई सही दिशा दिने भन्दै गलत नीति लिइयो, अर्थतन्त्रलाई गिज्याउने काम भयो, आज संकुचनको अवस्था आयो,’ उनले भने, ‘संकुचित अर्थतन्त्रलाई लयमा लैजान माग बढाउन सक्नुपर्छ, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ ।’ 

महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषिको व्यावसायीकरण र उत्पादकत्व वृद्धिले मात्र युवा पलायन रोक्न सकिने बताए । महासंघले साना तथा मझौला व्यवसायीले भोग्नुपरेको समस्या समाधानका लागि योजनाबद्ध रूपले काम अगाडि बढाएको जानकारी उनले दिएका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंकको ब्याजदर घटे पनि लगानीको वातावरण नबनेको, सुस्ताएको बजार चलायमान हुन नसकेको र साना तथा मझौला उद्योग अहिले पनि समस्यामै रहेको बताएका थिए । राजमार्गको स्तरोन्नतिको काममा भएको ढिलाइसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडान नहँुदा त्यसको मार व्यवसायीलाई परेकाले यसका लागि सरकारलाई आवश्यक दबाब दिन महासंघको टोलीलाई आग्रह गरेका थिए ।