मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथीभरामा संकलित सुनचाँदी बोलपत्रमार्फत बिक्री गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट संकलन भई शुद्धीकरण गरिएको सुनचाँदी बोलपत्र आह्वान गरेर बिक्री गरिने भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले प्रचलित दररेटमा बोलपत्रमार्फत बिक्री गरिने जानकारी दिए। शुद्धीकरण गरेपछि रहेको एक सय ७८ तोला सुन र ६१ किलो आठ सय ग्राम चाँदी बिक्रीको तयारी भएको निर्देशक हाङवाङले बताए।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार ०७९ भदौ ५ गते देखि ०८० मंसिर १६ गतेसम्म संकलन भएको उक्त परिमाणको सुन प्रचलित दररेटमा बिक्री गरिनेछ। पहिलो चरणमा ८६ तोला ९३ लाल र दोस्राे चरणमा ९१ तोला ८९ लाल शुद्धीकरण गरी कुल एक सय ७८ तोला ८२ लाल शुद्ध सुन रहेकाले सो सुनलाई रकमान्तरण गर्न बोलपत्रमार्फत बेच्न लागिएको थेबेले बताए। उनका अनुसार संकलन भएको ९२ किलोग्राम ६ सय ५० ग्राम चाँदी शुद्धीकरण गर्दा ६१ किलोग्राम आठ सय ग्राम प्राप्त भएको छ।


क्षेत्र विकास समितिको बुधबारको वैठकले पाथीभरा मन्दिरबाटै संकलन भएको ६ हजार पाँच सय ३९ किलोग्राम तामाबाट पाथीभरा क्षेत्रमा प्रवेशद्वार बनाइने निर्णय गरेको छ। माथिल्लो फेदीस्थित कान्छीथानमा तामाकै स्वागतद्वार निर्माण भइसकेको छ। तामाको स्वागतद्वारा कति वटा र कहाँ–कहाँ बनाउने भन्ने विषयको निर्क्याेल भने पछि गरिने अध्यक्ष थेबेले बताए।

मन्दिरमा तीर्थालुले चढाएका घन्टीलगायतका अन्य सामग्रीहरूको व्यवस्थापनको प्रक्रियासमेत छिट्टै सुरु हुने बताइएको छ।