१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंलाई बागलुङमा हातपात भएको छ। बागलुङ नगरपालिका– ७ का रामकान्त गौतमले प्रसाईं सवार कार्यक्रममा पुगेर चप्पल प्रहार गरेका हुन्। 

बागलुङको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा ३५ वर्षीय गौतमले चप्पल प्रहार गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालै प्रसाईंसमर्थकले पनि गौतमलाई कुटपिट गरेका थिए।

प्रसाईंले उक्त घटनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो घटनाले अप्ठ्यारो पर्ने चेतावनी दिए। उनले ओली र प्रधानमन्त्री प्रचण्डको आलोचनासमेत गरे। कार्यक्रममा प्रसाईंले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्नेमा जाेड दिए। 

बिहीबार बागलुङ बजारमा आयोजित उक्त सभामा बोल्दै हरेक नागरिक आर्थिक रूपमा बलियो नभए देश बर्बाद हुने बताए। प्रसाईंले बागलुङमा डेढ अर्ब रकम हिनामिना गर्ने इमेज सहकारीका संस्थापक देवकुमार नेपालीलाई एमालेले संरक्षण गरेर दिल्लीमा राखेको आरोप लगाए।

‘जनता ठग्नेलाई एमालेले संरक्षण गरेर राखेको छ,’ उनले भने, ‘पुराना दलहरू ठग संरक्षक हुन्। अब यस्ताको पछि लाग्ने दिन गए,’ प्रसाईंले भने ।