१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा पशुपति मन्दिरको यज्ञशाला मर्मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५६:oo

सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा रहेको यज्ञशालाको मर्मत गरेको छ। २३औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पशुपतिनाथ बाहिनी तथा मातहतका इकाइले बुधबार यज्ञशाखामा टुटफुट भएका मार्बलको पुनः निर्माण तथा मर्मत सम्भार गरेको हो। 

यज्ञशालाकाे भुइँ विगत ६ वर्षदेखि भत्किएको थियो। साथै, मन्दिरको बाहिरी भागमा पनि जीर्णोद्धार गरिएको सशस्त्र प्रहरी प्रहरीले जनाएको छ। 

शारीरिक रूपमा अशक्तहरूलाई मन्दिर प्रवेशमा सहजताका लागि चारवटा ह्विलचेयर प्रदान गरिएको पशुपति बाहिनीका प्रमुख डिआइजी पुरुषोत्तम थापाले बताए। पशुपति विकास कोषका निमित्त सदस्य सचिव राजुकुमार क्षेत्रीलाई ह्विलचेयर हस्तान्तरण गरिएको छ।

जनसम्बन्धलाई थप प्रगाढ बनाउन संगठनको नीतिअनुसार क्विक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत सशस्त्र प्रहरीले मर्मत र सहयोग गरेको जनाएको छ। 

ad
ad