मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेश सरकारकाे वार्षिक प्रगति सार्वजनिक, कार्यक्रमस्थलमै जनमतको विरोध 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवसमा वार्षिक प्रगति सार्वजनिक गरिरहेको वेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले विरोध गरेका छन्।

स्थानीय महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा दिउँसो प्रदेश सरकारले वार्षिक प्रगति विवरण सार्वजनिक गरिरहेको वेला कार्यक्रमस्थलमै पुगेका उनीहरूले विरोध गरेका हुन्। 

नाराबाजीका कारण केही समय कार्यक्रमसमेत प्रभावित भएको थियो। वार्षिक प्रगति विवरण सार्वजनिकपश्चात् सञ्चारकर्मीले उठाएका प्रश्नमा जवाफ दिने वेलामा उनीहरू नाराबाजी गरेका थिए। 

कार्यक्रममा एक्कासि आएर विरोध प्रदर्शन गरेपछि मुख्यमन्त्री यादवले आफूहरूसँग सरकारमै रहेको दल जनमतले यसरी विरोध गरेकोप्रति आक्रोश व्यक्त गरे।  

मुख्यमन्त्री यादवले मञ्चबाटै भने, ‘सरकारमा पनि बस्ने र विरोध पनि गर्ने यो दोहाेरो चरित्र हो, यसको जवाफ जनमतबाट मन्त्री भएका साथीले दिनुपर्छ ।’ 

तर, मञ्चमा बसिरहेका जनमतका संसदीय दलका नेता तथा शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मुख्यमन्त्रीलाई कुनै जवाफ नदिने घाेषणा गरे।  

यादव नेतृत्वको सरकारले आफ्ना पछिल्ला एकवर्षे कार्यकालमा गरेको प्रगति विवरणको चर्को आलोचना भएको छ। 

प्रतिवेदनमा विगतका लालबाबु राउत नेतृत्वको सरकारले पाँच वर्ष पूरा हुँदा सार्वजनिक गरेका विकास निर्माणका तथ्यांक नै कपिपेस्ट गरी प्रतिवेदन सार्वजनिक गरेपछि सञ्चारकर्मीले प्रश्न उठाएका थिए।