१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालिञ्चोकमा विज्ञान शिक्षक समाज गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१२:oo

दोलखाको कालिञ्चोक गाउँपालिकामा विज्ञान शिक्षक समाज गठन गरिएको छ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ स्थित हिलेपानी संस्कृत माविका सहायक प्रधानाध्यापक डम्बरबहादुर थामीको नेतृत्वमा ११ सदस्यीय विज्ञान शिक्षक समाज गठन गरिएको हो। कालिञ्चोक गाउँपालिकाभित्र कार्यरत विज्ञान शिक्षकहरूको मंगलबार सम्पन्न प्रथम भेलाले समाज गठन गरेको हो।

भेलाले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कालीनाग मावि सिंगटीकी शिक्षिका नवीना जिरेल, सोही विद्यालयका बद्रीनारायण खत्री, रमेशकुमार सिवाकोटी र कालीनाग मावि सुनखानीकी शिक्षक अनुका बस्नेतलाई चयन गरेको छ।

यस्तै, सदस्यहरूमा जीवराज थामी, रामकुमार दाहाल, सुन्दर चौलागाईं, रामकृष्ण पाण्डे, मीना थामी र ममता थामी चयन भएका छन्। भेलाले प्रदेश प्रतिनिधिमा देवीबहादुर कार्की र जिल्ला प्रतिनिधिहरूमा सुशीला पाण्डे, पदममाया थामी, लीलावती थामी, रिदम कार्की र मीनबहादुर राउतलाई चयन गरेको छ।

भेलामा मन्तव्य राख्दै विज्ञान शिक्षक समाज दोलखाका अध्यक्ष सुन्दर खड्काले विज्ञान शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको पेसागत हकहित र क्षमता विकासमा संस्था क्रियाशील रहने बताए।

ad
ad