१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
समाचार डिजिटल संस्करण

सरकारलाई रास्वपाको ध्यानाकर्षण– सडक सुरक्षा किन प्रभावकारी हुन सकिरहेको छैन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:३७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले सडक दुर्घटना बढिरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सांसद निशा डाँगी र पूर्वाधार विभागका सचिव ई. कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन्।

०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सांसद गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयनका विषयमा रास्वपाले सरकारसँग जवाफ माग गरेको छ। त्यसैगरी, दुर्घटनापिच्छे बन्ने छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याउने नगरेको भन्दै पार्टीले चालक वा यान्त्रिक गढबढीलाई दोष दिने प्रवृत्तिप्रति आपत्ति जनाएको छ।

चालक अनुमतिपत्रमा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक  परीक्षणलाई अनिवार्य गर्ने गरी नीतिगत सुधार गर्ने योजना भए–नभएको भन्दै रास्वपाले सरकारसँग जवाफ मागेको छ। सडक सुरक्षा परिषद् प्रभावकारी हुन नसकेकोप्रति पनि रास्वपाले मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

ad
ad