१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बुटवल पावर कम्पनीको वार्षिक साधारणसभा सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o३:oo

बुटवल पावर कम्पनी लिमिटेडको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा पुष २९ गते बबरमहलस्थित कार्की व्यांक्वेटमा सम्पन्न साधारणसभाले  सेयरधनीहरूलाई आव ०७९-८० को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले कम्पनीको प्रतिसेयर रु. १०० दरका एक करोड कित्ता सेयर प्रचलित ऐनबमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी रु. ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई वृद्धि गरी रु. ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० पुर्‍याउने विशेष प्रस्तावसमेत पारित गरेको छ।

सो अवसरमा कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रहरू नियमित रूपमा सञ्चालन भैरहेका एवं सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत् केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् केन्द्र पनि सञ्चालन भइरहेको जानकारी दिइएको छ। खिम्ती प्रथम जलविद्युत् केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको छ। लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ।

प्राधिकरणवाट निर्माण हुनुपर्ने खुदी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ। प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत् पूर्ण रूपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ।

३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको स्थानीय रूपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रूपले कार्य प्रगति अगाडि बढिरहेको बताइएको छ। यस आयोजनाको निर्माण कार्य ०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरी विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।

तीन चिनियाँ लगानीकर्ताहरूसँगको संयुक्त लगानीमा मर्स्याङ्दी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरूमा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन्।

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरी यस आयोजनको निर्माण कार्य चालू आवको चैत्रभित्रै सुरु गर्ने कम्पनीको योजना रहेको छ। त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माण तयारीको चरणमा रहेको छ। १७३.४७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत् आयोजना अध्ययनकै क्रममा रहेको बताइएको छ।

ad
ad