Skip This
‘गोला ढुंगा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १ सोमबार १२:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘गोला ढुंगा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १ सोमबार १२:३o:oo

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुंगा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ।

गोला ढुंगा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अतिजोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो।

जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरू यस्तै ढुंगा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिए। उनले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताए।  

पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुंगाबाट बनेका घरहरू करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुंगाबाट घर नबनाउन अनुरोध गरे। ‘स्थानीय स्रोतसाधनबाट पनि राम्रा र बलिया घरहरू बन्छन्। भूकम्पप्रतिरोधी घर निर्माणका लागि आवश्यक ज्ञान सीप दिन जरुरी छ,’ उनले भने, ‘घर कसरी बलियो र भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञानको अभाव देखिएको छ। जसले चुनौती खडा गरिरहेको छ, अब पालिकालाई त्यो सीप र ज्ञान प्रदान गरेर नागरिकसम्म पुर्‍याउनुपर्छ।’

प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुंगाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताए। उनले विपत् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिए। तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपत् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ।

‘जाजरकोट बारेकोटमा हेर्दा खानीका ढुंगा प्रयोग भएको पाइएको छ। जहाँ खानीका ढुंगा प्रयोग भएका छन्, त्यहाँ क्षति कम भएको देखिन्छ। जहाँ गोला ढुंगा प्रयोग भएका छन् त्यहाँ क्षति बढी भएको छ,’ पोखरेलले भने। भूकम्पप्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उनले जानकारी दिए। 

प्राधिकरणले गोला ढुंगालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनर्निर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताए। ‘इन्टरलिंकका इँटाका घरहरू २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो। अहिले ती घर सुरक्षित छन्। गोला डुंगाका घर भने भूकम्पीय जोखिममा छन्,’ उनले भने।