१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंकको लाभांश प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१५:oo

गरिमा विकास बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस २९ गते आइतबार पोखरा महानगरपालिकास्थित होटेल पोखरा ग्रान्डमा वार्षिक साधारणसभा सम्पन्न भएको हो।

उक्त साधारणसभाले सेयरधनीहरूलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड बनाउने, आ.व. ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रश्तावहरू पारित गरेको छ।

हाल पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँ पुगेको छ।

पुस १६ गतेसम्म कायम विकास बैंकका सेयरधनीहरूले साधारणसभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन्।

ad
ad