१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अर्थ डिजिटल संस्करण

मैत्री सहकारीको नयाँ नेतृत्वमा गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५८:oo

गुल्मीको तम्घासस्थित मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुरु क्षेत्र गाउँपालिका– ४ का शंकरप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको २२औँ  साधारणसभाबाट नयाँ नेतृत्वमा गौतम निर्वाचित भएका हुन्।

संस्थाको उपाध्यक्षमा खुमानन्द घिमिरे, सचिवमा हरिप्रसाद पोख्रेल, सहसचिवमा ओमबहादुर कार्की, कोषाध्यक्षमा रामबहादुर कुँवर र सहकोषाध्यक्षमा सरिता सुनार विश्वकर्मा निर्वाचित भएका छन्।

यसैगरी, सदस्यहरूमा जंग नेपाली, चोलाराज शर्मा, पुष्पा अर्याल पन्थी, टेकबहादुर खत्री, तिलाचन पाण्डेय र जयबहादुर चुँदरा रहेका छन्।

नेतृत्व सम्हालेका गौतमसँग तत्कालीन जिल्ला विकास समितिमा १९ वर्ष र रेसुंगा नगरपालिकामा पाँच वर्ष काम गरेको अनुभव छ। केही समयअघि अधिकृत सातौँ तहबाट राजीनामा दिएर उनी सहकारीको अभियानमा जोडिएका हुन्।

ad
ad