मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २९ आइतबार
  • Saturday, 15 March, 2025
२o८o पौष २९ आइतबार १३:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अफताब आलमको मुद्दाको सुनुवाइ सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २९ आइतबार १३:o९:oo

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ। आज आइतबारबाट हुने भनिएको सुनुवाइ न्यायाधीश अभावमा सरेको हो।

जिल्ला अदालत रौतहटमा रहेका सात न्यायाधीशमध्ये तीनजना उच्च अदालतमा नियुक्त भएका, दुईजना बिदामा रहेको र गोला गर्दा रहेका दुवै न्यायाधीशको भागमा मुद्दा नपरेपछि सुनुवाइ सरेको जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले बताए।

आलमको मुद्दाको सुनुवाइ अब माघ २० वा २१ गतेबाट हुने ढोडारीले बताए। सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।