१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २९ आइतबार ०९:२५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोलखालाई राष्ट्रिय बुद्धिचालको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २९ आइतबार ०९:२५:००

छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३–५ र ०–५ ले पराजित गर्‍यो ।

दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित हराए । सुश्रुत दाहाल भक्तपुरका विकास चोकामीसँग बराबरी खेले । मुहान नर्सिङ श्रेष्ठले स्वर्णिम दुवाललाई निराश पारे । सुजना लोहनीले अभिक शाहलाई हराए ।

अर्को खेलमा कमवानपुर जिल्ला चेस संघलाई २–५ र १–५ ले पराजित कोशी उपविजेता बनेको छ । उपाधि हात पारेको दोलखाले दुई लाख र उपविजेता भक्तपुरले एक लाख २० हजार रुपैयाँ जितेका छन् । तेस्रो स्थान प्राप्त गरेको कोशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार रुपैयाँ पाए ।