१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

अस्ट्रेलियामा मनाइयो राष्ट्रिय एकता दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४५:oo

अस्ट्रेलियाको एडिलेट सहरमा ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइएको छ। प्रवासी नेपाली एकता समाज पनास अस्ट्रेलिया तथा ओसियानाको संयुक्त आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई विश्वको जुनसुकै भूगोलमा रहे पनि नेपाली नागरिकले सम्झनुपर्ने बताए। उनले पृथ्वीनारायण शाहको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै राप्रपाको सार्थक प्रयासले राष्ट्रले पृथ्वीनारायण शाहलाई सम्झिएको र सरकारी तवरमै एकता दिवस मनाउन सफल भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राप्रपा सहायक महामन्त्री विजय खड्काले मुलुकका हरेक राजनीति तथा सा‌ंस्कृतिक एजेन्डामा प्रवासी नेपालीको हस्तक्षेपकारी भूमिका रहनुपर्ने बताए।

कार्यक्रममा राप्रपा मधेश प्रदेशका अध्यक्ष भरत गिरि, पानस आइसिसी प्रमुख प्रेमकुमार श्रेष्ठ, पानस अस्ट्रेलियाका सल्लाहकार दीपक विष्ट, हिमानी कोष अस्ट्रेलियाका अध्यक्ष अन्जना कार्की बस्नेतलगायतले सम्बोधन गरेका थिए।

पनस ओसियाना प्रमुख ऋषिकेश न्यौपाने, दीपक गौतम, दिनेश सिवाकोटीलगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो।

ad
ad