१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोल्पा कर्मचारी मिलन केन्द्रको अध्यक्षमा रोबर्ट महरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:११:oo

रोल्पा कर्मचारी मिलन केन्द्रको अधिवेशन सम्पन्न भएको छ। रोल्पा नगरपालिकाको गुरुङगाउँ दहचौरमा आयोजित अधिवेशनबाट रोबर्ट महराको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

अध्यक्षलगायतका मुख्य पदहरूमा आकांक्षी धेरै भए पनि व्यापक छलफलपछि सर्वसम्मत कार्यसमिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक तथा सरकारी वकिल कार्यालयका प्रमुख चूडामणि पराजुलीले जानकारी दिए।

अधिवेशनबाट अध्यक्षमा भू तथा जलाधार कार्यालय रोल्पाका प्रमुख रोबर्ट महरा, उपाध्यक्षमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका प्रमुख डा. शंकर न्यौपाने, सचिवमा आरसिआइपीका हिमाल घर्तीमगर, सहसचिवमा रोल्पा नगरपालिकाका श्यामलाल केसी र कोषाध्यक्षमा सहरी विकास तथा भवन निर्माण कार्यालयका राम आश्रय शाह चयन भएका छन्।

सदस्यहरूमा जिल्ला हुलाक कार्यालयका महिमा रसाइली, साल्ट ट्रेडिङ कर्पोरेसनका वसन्त थापा, स्वास्थ्य कार्यालयका डिल्लीबहादुर केसी, रोल्पा अस्पतालका डा. रिसभ गौतम, आयुर्वेद कार्यालयका भूपेन्द्र डिसी र रोल्पा नगरपालिकाका खिमा पुन चयन भएका छन्।

निर्वाचित भएपछि प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष रोबर्ट महराले रोल्पामा क्रियाशील कर्मचारीहरूको साझा मञ्चको रूपमा कर्मचारी मिलन केन्द्रलाई विकास गरिने बताए। उनले मिलन केन्द्रको जीर्ण भवन निर्माण तथा विविध पक्षमा काम गर्ने बताए। जसको लागि जिल्लास्थित सबै निजामती कर्मचारीहरूको साथ, सहयोग रहने विश्वास व्यक्त गरे।

अध्यक्षमा निर्वाचित रोबर्ट महरा र उपाध्यक्षमा निर्वाचित डा. शंकर न्यौपानेले कर्मचारी मिलन केन्द्रको भवन निर्माणका लागि १०–१० हजार रुपैयाँ सहयोगको घोषणासमेत गरेका छन्।

सोही अवसरमा वनभोज तथा विविध कार्यक्रमसमेत आयोजना गरिएको थियो।

ad
ad