१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२७:oo

प्रदेशस्तरीय अन्तरस्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ।

ओखलढुंगाकोकाे मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ विजयी भएको हो।

शुक्रबार भएको फाइनल खेलमा माङ्सेबुङको तर्फबाट टीकाराम योङहाङ र निर्मल राईले समान एक–एक गोल गरेका थिए। मानेभञ्ज्याङका विकास राईले एक गोल फर्काए।

जितसँगै माङ्सेबुङले नगद पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ सिल्डका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ। उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍याे।

प्रतियोगिताको सेमिफाइनलिस्ट सिद्धिचरण नगरपालिका ओखलढुंगा र लालीगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए।

कृषि, पर्यटन प्रवर्द्धन र युवाहरूमा रोजगारी सिर्जनाका साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाइ थियो।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ स्थानीय तहको सहभागिता थियो।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङकै एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिका टोलीका क्याप्टेन राजु राईले प्राप्त गरे।

पुस १७ गते युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गरेका थिए। खेलको समापन समारोहमा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलगायत सहभागी थिए।

ad
ad