१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित, विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य बिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

सिराहाको लहान नगपालिकाले जन्म, मृत्यु, विवाहलगायतका सिफारिस निःशुल्कसहित दलित, विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने नीतिलाई निरन्तरता दिने जनाएको छ। 

नगरसभा कक्षमा बिहीबार आयोजित १३औँ नगरसभामा नगर प्रमुख महेशप्रसाद चौधरीले भौतिक पूर्वाधारसहित अन्य विकास निर्माणसम्बन्धी योजनाको वडाको निर्णयको आधारमा संशोधन गरिने भए पनि शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतासहित तर्जुमा गरिएको आर्थिक वर्ष ०८०/८१ को बजेट कार्यक्रममा गरिब, असहाय, दलित तथा विपन्न लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए।

करिब डेढ वर्षदेखि रोकिएको नगरबस सेवा १ माघदेखि पुनः सञ्चालन गरिने जानकारी दिँदै उनले भने, ‘नगरबसमा १ देखि २४ वडा क्षेत्रका ज्येष्ठ नागरिकले यात्रा गर्दा भाडा फ्री गरिनेछ, जुनसुकै वडाबाट लहानसम्म आउँदा अधिकतम २५ रुपैयाँ भाडा तोकिएको छ।’

आर्थिक अभावमा न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित दलित, विपन्न, गरिब र असहायलाई निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क एम्बुलेन्स सेवासम्बन्धी व्यवस्थालाई निरन्तरता दिँदै स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको उनले बताए।

त्यसका अतिरिक्त गाउँघर क्लिनिकमार्फत गाउँटोलमै पुगेर उच्च रक्तचाप र मधुमेहको जाँच गरी निःशुल्क औषधि वितरण गरिने बताउँदै उनले भने, ‘नगर क्षेत्रका नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १८ करोडको लागतमा निर्माण गरिने नगर अस्पतालको टेन्डर लगाइएको छ।’ 

खुट्टी खोला हुँदै निकालिएको नहरको सौन्दर्यीकरणका लागि पाँच करोेड, राम मन्दिर, दुर्गा मन्दिर निर्माणसहित व्यवस्थित आर्यघाट निर्माण, फोहोर व्यवस्थापनका लागि तय गरिएको बजेट र कार्यक्रमअनुसार काम थालिएको उनले बताए। 

किसानका लागि कस्टम हायरिङ स्थापना

लहान– १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले किसानबहुल नगरका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न कृषिमा यान्त्रिकीकरण सेवाका लागि नगस्तरीय कस्टम हायरिङ सेन्टर स्थापना गरिने बताए। 

नगरसभाले बजेटर कार्यक्रमको समीक्षाहसति युवा पलायनले खेती गर्न समस्या भइरहेकाले कृषि यान्त्रिकीकरण सेवाका लागि सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए। 

कार्यपालिका सदस्य आशा महतोले गर्भवती महिलाका लागि आइरन चक्की निःशुल्क उपलब्ध हुने भए पनि खरिद गरी सेवन गर्नुपर्ने क्याल्सियम चक्कीसमेत नगरपालिकाले निःशुल्क रूपमा वितरण गर्नुपर्ने माग गरिन्। 

नगरसभाको उद्घाटन समारोहमा नगर उपप्रमुख रामचलितर महतोसहित वडाध्यक्षहरू रमेश उपाध्याय गौतम, राजकुमार यादव, रासलाल राय राजपुत, धनिकलाल यादव, गणेशकुमार चौधरीलगायतले समुन्नत र समृद्ध नगर बनाउन नगरले अगाडि बढाएको राजनीतिक पूर्वाग्रहरहित नीति, कार्यक्रमलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। 

खेलाडीलाई सम्मान

नगरसभाको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतको बिहार राज्यको खगडिया जिल्लाको मानसीका पूर्वमुखिया विजयकुमार यादव मेमोरियल फुटबल प्रतियोगितामा लहानको हिम कस्तुरी फुटबल क्लबमार्फत फाइनल जितेर नगरको प्रतिष्ठा बढाएको ठहरसहित खेलाडीहरू सुनील सिंह, रेम्बो चौधरी, राधेश्याम चौधरी, वीरु मगर, पुष्पराज चौधरी, शिशिर लेखी, रुपेश चौधरी, सुशील यादव, प्रकाश हमाल, अजित सिंह तथा प्रशिक्षक आनन्द चौधरीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 

त्यस्तै, २८ नाभेम्बरदेखि ३ डिसम्बरसम्म काठमाडौंंमा सम्पन्न साताैँ दक्षिण इसयाली कराँते प्रतियोगिताको कुमुते विधामा स्वर्ण पदक जितेका लहानका ऋतिक थिङ, परोसिया चौधरी र रजत पदक जितेका नेहाल मण्डल तथा पोखरामा सम्पन्न प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेश टिममा सहभागी लहान क्षेत्रका तीनजना खेलाडीलाई पनि सम्मान गरिएको थियो।