१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जलेर गम्भीर घाइते वृद्धाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:३२:oo

जलेर गम्भीर घाइते बर्दिया राजापुर नगरपालिका– ५ झप्टीकी ७५ वर्षीया सोहनी थारूका मृत्यु भएको छ ।  बुधबार  कोठामा आगो बालेर सुकेकी थारूले ओडेको ब्ल्यांकेट सल्किएपछि उनी पनि जलेर गम्भीर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार वृद्धालाई उपचारका लागि बुधबार बर्दिया अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्जस्थित कान्ति आरोग्य अस्पताल लगिएकोमा उनको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

ad
ad