१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २० बिहीबार २२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

साँघुटारमा स्वास्थ्य सेवा आरम्भ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:५२:oo

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले रामेछाप नगरपालिका–३ साँघुटारमा गुणस्तरीय तथा आधारभूत सेवा उद्घाटन गरेका छन् । 

एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढिकरण कार्यक्रमअन्तर्गत रामेछाप जिल्लाको प्रदेश (१) मा सेवा प्रारम्भ भएको हो । 

सेवा उद्घाटन कार्यक्रममा मन्त्री जोशीले हरेक नागरिकहरूले सहज ढंगले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक प्रदेश एक अस्पतालको अवधारणा ल्याएको भन्दै यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि बागमती प्रदेश सरकारले ल्याउने बताए । 

उनले सेवा सुरु गरिएको अस्पतालबाट जिल्लाका ग्रामिण भेगका नागरिकहरूले सहज ढंगले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले जिल्लामा स्वास्थ्य क्षेत्रको सुधारका लागि पहल भइरहेको बताए । 

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले सबै नागरिकलाई सहज ढंगले स्वास्थ्य सेवा पुर्याउन आफू क्रियाशील रहेको बताए । 

रामेछाप र छिमेकी जिल्ला ओखलढुंगाको लिखु नदी सिमानामा रहेको साँघुटार अस्पतालबाट रामेछापको अलावा ओखलढुंगाका नर्वदेश्वर र यसम गाउँपालिकाका नागरिकहरूले समेत गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् । 

गाउँमै सहज ढंगले स्वास्थ्य सेवा पाउने भएपछि आफूहरूलाई अत्यन्तै खुसी लागेको स्थानीय बद्रीदाश भौकाजीले बताए । 

मन्त्री जोशीले मंगलबार जिल्ला अस्पताल रामेछापमा नवर्निमित सभाहल, आइसियु सेवा र माइक्रोवायोलोजी सेवाको पनि शुभारम्भ गरे । 

 

 

ad
ad