१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

चिसो बढेकाले दाउरा वितरण गर्न डिभिजन वन कार्यालयहरूलाई मन्त्रालयको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o३:oo

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्न मातहतका डिभिजन वन कार्यालयहरूलाई निर्देशन दिएको छ।

सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले मंगलबार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले अत्यधिक चिसोका कारण अहिले नागरिकको जनजीवन प्रभावित हुन थालेपछि दाउरा वितरण गर्न भनिएको बताए। शीतलहरका कारण केही दिनयता तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा चिसो अत्यधिक बढेको छ।

चिसोका कारण, भूमिहीन, सुकुमवासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ। हिमपातको वेला भएकाले अहिले यहाँका पहाडी जिल्लाहरूमा पनि चिसो बढेर जनजीवन प्रभावित भएको छ।

मन्त्री धामीले भूमिहीन, सुकुमवासीलाई प्राथमिकतामा राखेर सबैतिर सार्वजनिक स्थलमा आगो बाल्ने व्यवस्थाका लागि प्रदेशका १० वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न भनिएको बताए।

‘चिसोबाट जोगिन सहज होस् भनेर दाउरा वितरण गर्ने निर्णय गरिएको हो,’ मन्त्री धामीले भने। वन मन्त्रालयले पहिलोपटक यसरी दाउरा वितरण गर्न लागेको उनले बताए। 

ad
ad