१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ बैशाख २२ शनिबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाक्लो हुस्सुका कारण मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o१:oo

महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका– ३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा ती मोटरसाइकलको पछाडि सवार भंगहा– ५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

गएराति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज.११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका– १ स्थित वडा कार्यालयनजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए ।

बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एक–अर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

ad
ad