Skip This
यू–१९ विश्वकप २०२४ : यू–१९ विश्वकपमा विपक्षीविरुद्ध नेपालको प्रदर्शन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Saturday, 27 July, 2024
सन् २०१६ को आइसिसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध सर्वाधिक दुई सय ३८ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका खेलाडी । तस्बिरः आइसिसी
२o८o पौष २४ मंगलबार o८:३o:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ विश्वकप २०२४ : यू–१९ विश्वकपमा विपक्षीविरुद्ध नेपालको प्रदर्शन

आइसिसी यू– १९ विश्वकपमा नेपाल आठौँपटक छनोट भएको छ, पाँचपटक पहिलो चरण र एकपटक दोस्रोचरणबाटै बाहिरिएको नेपाल सन् २०१६मा क्वार्टरफाइनलसम्म पुगेको थियो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o८:३o:oo

दक्षिण अफ्रिकामा १९ जनवरीदेखि ११ फेब्रुअरीसम्म आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंकाली क्रिकेट संघलाई कारबाही गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सारिएको हो । नेपालले आठ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । सन् २००० मा नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो । उमेर समूहको विश्वकपमा नेपाललाई ‘जायन्ट किलर’ उपनाम दिइएको छ । नेपालले सहभागिता जनाउँदा टेस्ट राष्ट्रलाई हराएको इतिहास छ । आइसिसी र विभिन्न एजेन्सीहरूको सहयोगमा नेपालले विश्वकपमा विपक्षी गरेको रेकर्ड यस्ता छन् । 

 पाँच राष्ट्रविरुद्ध उच्च योगफल
यू– १९ विश्वकपमा नेपालले पाँच राष्ट्रविरुद्ध उच्च योगफल बनाएको छ । सन् २०१६ मा न्युजिल्यान्डसँगको प्रतिस्पर्धामा नेपालले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ३८ रनको योगफल बनाएको थियो । नेपालको यू– १९ विश्वकप इतिहासमा यो नै विपक्षीविरुद्धको सर्वाधिक योगफल हो । यस खेलमा कप्तान राजु रिजालले ६५ बलमा ४८ रनको योगदान दिएका थिए । यसैगरी, सन्दीप सुनारले ३९ रन तथा आरिफ सेखले ३९ रन तथा कुशल भुर्तेलले २३ बलमा ३५ रनको योगदान दिए । 

नेपालले न्युजिल्यान्डलाई ३२ रनले हार्‍यो । यसैगरी, श्रीलंकामा सन् २००६ मा भएको संस्करणमा नेपालले आयरल्यान्डविरुद्ध पूरै ओभर खेली आठ विकेटको नोक्सानीमा दुई सय ३४ रनको योगफल खडा गर्‍यो । नेपालले आयरल्यान्डलाई ६० रनले हराएको थियो । तत्काल आयरल्यान्डबाट इगोन मोर्गानले समेत खेलेका थिए । उनी अहिले इंग्ल्यान्डको टोलीमा छन् । सन् २०१२ मा अस्ट्रेलियाले आयोजना गरेको विश्वकपमा नेपालले नामिबियाविरुद्ध सात विकेटको नोक्सानीमा दुई सय १९ रन बनाएको थियो । सन् २०१२ को विश्वकपअन्तर्गत प्ले च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध ५० ओभरमा आठ विकेट गुमाएर दुई सय १४ रन बनायो । 

यस खेलमा नेपालले सनसनी रूपमा दक्षिण अफ्रिकामाथि दुई रनको रोमाञ्चक जित निकालेको थियो । यू– १९ विश्वकपमा नेपालले क्वार्टरफाइनलमा आयोजक बंगलादेशविरुद्ध नौ विकेट गुमाएर दुई सय ११ रन जोडेको थियो । बंगलादेशले चार विकेट गुमाएर दुई सय १५ रनको योगफल खडा गरेको थियो । यस खेलमा नेपालका लागि कप्तान राजु रिजालले ८० बलमा सर्वाधिक ७२ रनको योगदान दिएका थिए । उनले 

आफ्नो इनिङ्समा आठ चौका र एक छक्का प्रहार गरे । बंगलादेशीको राष्ट्रिय टोलीमा स्थान बनाएका मेहदी हसन मिजाले तत्काल नेपालविरुद्ध ६५ बलमा ५५ रन तथा जाकिर हसनले ७७ बलमा ७५ रनको योगदान दिए । दुवैले तेस्रो विकेटका लागि एक सय १७ रनको साझेदारी गर्दै बंगलादेशलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले एक तथा सुनिल धमलाले दुई विकेट लिए ।

 पाँच राष्ट्रसँग कम योगफल
यू– १९ विश्वकपमा नेपालको प्रदर्शन कहिले उच्चतम हुने गरेको छ । कहिलेकाहीँ ब्याटिङ नचल्दा सोचेजस्तो योगफल खडा गर्न सक्दैन । आइसिसीको तथ्यांकअनुसार नेपालले पाँचपटक पाँच राष्ट्रविरुद्ध कम योगफल खडा गरेको छ । जसमा श्रीलंकाविरुद्ध दुईपटक सय रन नै कटाउन नेपालले सकेन । टेस्ट राष्ट्र वेस्ट इन्डिज र अस्ट्रेलियाविरुद्ध नेपाल कम योगफलमै समेटिएको छ । यसैगरी, केन्यासँगको खेलमा नेपाल एकपटक एक सय सात रनमा अलआउट भयो । 

सन् २००८ मा मलेसियाको क्वालालम्पुरमा नेपालले यू– १९ विश्वकपकै कम योगफल खडा गरेको थियो । वेस्ट इन्डिजसँगको प्रतिस्पर्धामा नेपाल २५.३ ओभरमा केवल ७४ रनमै अलआउट भयो । प्ले च्याम्पियनसिपको फाइनलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो । वेस्ट इन्डिजका जासन डवेसले १८ रन खर्चेर चार विकेट लिएपछि नेपालको ब्याटिङ धराशायी भयो । नेपालका लागि सागर ढकालले सर्वाधिक १७ रन बनाएका थिए ।

वेस्ट इन्डिजले १४.२ ओभरमा तीन विकेट गुमाएर ७८ रन जोड्यो । नेपालका लागि अमृत भट्टराईले दुई विकेट लिए । सन् २०१२ को संस्करणमा नवौँ स्थानका लागि भएको क्वार्टरफाइनलमा नेपालले श्रीलंकाविरुद्ध कमजोर प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको नेपाल ७९ रनमै समेटियो । श्रीलंकाले दुई विकेट गुमाएर ८० रन बनायो । सन् २०१२ को संस्करणमा नेपाल समूह ‘ए’मा परेको थियो । समूह चरणमा नेपालको पहिलो खेल नै अस्ट्रेलियाविरुद्ध थियो ।

अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी सात विकेटको क्षतिमा दुई सय ९४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपाल २३.५ ओभरमा ८२ रनमै समेटियो । नेपालका लागि सागर पुनले ३९ बलमा सर्वाधिक २२ रन बनाए । अस्ट्रेलियाको ब्याटिङमा क्यामरुन बन्कोफले १३९ बलमा एक सय २५ रन जोडेका थिए । नेपालका लागि प्रदीप ऐरीले ४० रन खर्चेर दुई विकेट लिए । 

 विश्वकपमा जित र हार बराबर
सन् २००० देखि नेपालले यू– १९ विश्वकप सहभागिता जनाएको हो । श्रीलंकामा भएको विश्वकपमा नेपाल पहिलोपटक छनोट भयो । सन् २०२४ को दक्षिण अफ्रिकामा हुन गइरहेको विश्वकप नेपालको आठौँ सहभागी हो । नेपालले अहिलेसम्म यू– १९ विश्वकपमा ४४ खेल खेलेको छ । जसमा जित र हार संख्या समान रहेको छ । नेपालले २१ खेलमा जित निकाल्दा यही संख्यामा हारको सामना गरेको छ । दुई खेलको नतिजा आएन । सन् २००० को संस्करणमा नेपाल आठौँ भएको थियो । नेपाल पाँचपटक पहिलो चरणबाटै बाहिरिएको थियो । नेपाल एकपटक सन् २०१६ मा क्वार्टरफाइनलमा पुगेको थियो । 

व्यक्तिगत उत्कृष्ट बलिङ प्रदर्शन
नेपालका लागि यू– १९ विश्वकपमा पाँचजना बलरले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । राहुल विश्वकर्मा, भुवन कार्की, सन्दीप लामिछाने, लाक्पा लामा र मन्जी श्रेष्ठले नेपालबाट उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । यू– १९ विश्वकपमा राहुलले सन् २०१२ को संस्करणमा पपुवा न्युगिनीविरुद्ध ६.२ ओभर बलिङ गरी तीन रन मात्र खर्चेर ६ विकेट लिएका थिए ।

विश्वकपमा राहुलको यो प्रदर्शन एक रेकर्डका रूपमा रहेको छ । यसैगरी, भुवनले सन् २०१२ मै नामिबियाविरुद्ध २१ रन खर्चेर पाँच विकेट लिएका थिए । उनले ७.३ ओभर बलिङ गरेका थिए । यू– १९ विश्वकपमा पाँच विकेटको प्रदर्शन गर्ने नेपालका तेस्रो बलर सन्दीप लामिछाने हुन् । उनले सन् २०१६ को संस्करणमा आयरल्यानडविरुद्धको प्रदर्शनमा १० ओभर बलिङ गर्दै २७ रन खर्चेर पाँच विकेट लिए । यस खेलमा उनले ह्याट्रिक प्रदर्शन गरेका थिए । सन् २००२ मा स्पिनर लाक्पा लामाले पपुवा न्युगिनीवरुद्ध १० ओभरमा १४ रन खर्चेर चार विकेट हात पारेका थिए । सन् २००४ मा मन्जित श्रेष्ठले १५ रन खर्चेर चार विकेटको प्रदर्शन गरे ।